

तेह्रथुममा टिपर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, ३ घाइते

काठमाडौं – तेह्रथुमको काँडेमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
लालीगुराँस नगरपालिका–९ अन्तर्गत काँडेमा भएको दुर्घटनामा झापाको मेची नगरपालिकाका २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोक घर भएका २४ वर्षीय साधु श्रेष्ठको मृत्यु भएको हो ।
प्रहरीका अनुसार संखुवासभाका ४० वर्षीय दिनेश तामाङ, झापाका २१ वर्षीय समीर चौधरी र विष्णु थामी घाइते भएका हुन् । थामीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि धरान लगिएको छ ।
घाइते अन्य २ जनाको वसन्तपुर अस्पतालमा उपचार भइरहेको छ । म्याङ्लुङ–वसन्तपुर सडक खण्डको काँडेबाट लसुन बजारतर्फ जादै गरेको टिपर दुर्घटनामा परेको हो ।

