न्यायाधीश गिरीविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा


काठमाडौं – न्यायाधीश भुवन गिरीविरुद्ध परेको रिट निवेदन आज हेर्न नभ्याइने सूचीमा परेको छ।

सर्वोच्चका न्यायाधीशद्वय द्वय डा.मनोजकुमार शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो ।

न्यायाधीश गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै उनकी पत्नीद्वारा दायर रिट निवेदनमा बुधबार सुनुवाइ हुन लागेको थियो ।

न्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले कपिलवस्तु र काठमाडौं जिल्ला अदालतमा पतिविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन् ।

दुवै जिल्ला अदालतबाट न्यायाधीश गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो । न्यायाधीश गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कारको मुद्दा दुवै जिल्ला अदालतहरूमा विचाराधीन अवस्थामै रहेको छ ।

तर अदालतले गिरीलाई थुनामा नराखी धरौटीमा छाडेको भन्दै रावल सर्वोच्च अदालतसम्म आइपुगेकी छन् ।

प्रतिक्रिया