काठमाडौंको ब्रह्मटोलमा आगलागी हुँदा एकजनाको मृत्यु


काठमाडौं– काठमाडौंको ब्रह्मटोलस्थित एउटा घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–१२ का देव नारायण डंगोलको घरमा आगो लाग्दा उनका छोरा ४५ वर्षीय राजेन्द्रमान डंगोलको मृत्यु भएको हो ।

बुधबार बिहान विद्युत सर्ट डंगोलको घरमा आगो लागेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया