आयोगले तोक्यो राष्ट्रियसभा उम्मेदवारका लागि अधिकतम खर्च गर्न पाउने सीमा, कति खर्च गर्न पाइन्छ त ?


काठमाडाैं – निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचनखर्चको हद तोकेको छ ।

आयोगका अनुसार राष्ट्रियभा उम्मेदवारहरुले अधिकतम ३ लाख ५० हजार रुपैयाँसम्ममात्र खर्च गर्न पाउने जनाएको हो । उक्त रकम मतदाता नामावली खरिद, सवारी साधन, सवारी सधानको इन्धन, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, प्रचार प्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा खर्च गर्न सकिने आयोगले जनाएको छ ।

आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०८० माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारलेराष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली,२०७६ को नियम ४६(१) सँग सम्बन्धित अनुसूची-१ ले रु.३,५०,०००।- (अक्षेरेपी रू. तीन लाख पचास हजार मात्र) सम्म खर्च गर्न सक्ने गरी हद तोकेको छ । उक्त खर्च मतदाता नामावली खरिद,सवारी साधन,सवारी सधानको इन्धन,प्रचार प्रसार सामग्री,ढुवानी, गोष्ठी, अन्तरक्रिया,प्रचार प्रसार,कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने छ ।

उम्मेदवारले खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खातावाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फवाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम नामेसी सहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन आयोग निर्देश गर्दछ । त्यसैगरी निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्न समेत आयोग निर्देश गर्दछ ।’

प्रतिक्रिया