
सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल
काठमाडौं- राष्ट्रिय सहकारी महासंघको ३१औं वार्षिक साधारण सभाले ओमदेवी मल्ललाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । मल्ल राष्ट्रिय सहकारी महासंघको पहिलो महिला अध्यक्षका रुपमा निर्वाचित भएकी हुन् ।
महासंघको वरिष्ठ उपाध्यक्षमा रमेश प्रसाद पोखरेल, उपाध्यक्षहरुमा खेमबहादुर पाठक, डिबी बस्नेत र इन्दिरा पन्त रहेका छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा भिम तुलाचन निर्वाचत भएका छन् ।



कागजपत्र |
