
दाउरा चिर्न गएका बालकको रूखले च्यापेर मृत्यु
अछाम – दाउरा चिर्न गएका एक बालकको रूखमा च्यापिएर मृत्यु भएको छ ।
रामारोशन गाउँपालिका ७ सुतार निवासी केसे कामीको छोरा १४ वर्षीय जनक विकको ज्यान गएको हो ।
घरबाट करिब ३ किलोमिटर टाढा रहेको भालुदुला नामक वनमा दाउरा चिर्न जाँदा सोही रूखले च्यापेर मृत्यु भएको स्थानीय पूर्णबहादुर विकले जानकारी दिए ।
जनकको रूख च्यापिएर मृत्युको खबर अबेर जानकारी पाइएको बताइएको छ ।



कागजपत्र |
