
दाङ बस दुर्घटना अपडेट: १० मृतककाे सनाखत
काठमाडौं- दाङको राप्ती गाउँपालिका-१ भालुबाङमा भएकाे बस दुर्घटनामा मृत्यु भएका थप एक जनाकाे सनाखत भएकाे छ।
चितवनकाे भरतपुर उपमहानगरपालिका- ३५ निवासी ३५ वर्षीय अनिल खड्काकाे सनाखत भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दुई भारतीय र एक महिलासहित १२ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दाङले जनाएको छ। १२ जनामध्ये अब दुई जनाको सनाखत हुन बाकी रहेको छ।
काठमाडौंको चन्द्रागिरीका ताराकान्त पाण्डे, बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बस्नेत, जुम्लाका ४० वर्षीय मुनबहादुर राउत, मकवानपुरको हेटौँडाका ३९ सौरभ विष्ट, बाँकेका ३० वर्षीय रामवरण हरिजन र रुकुमका २५ वर्षीय दिपक कामी, बाँकेका २५ वर्षीय सञ्जय केसी, भारतको बिहारका ६७ वर्षीय योगेन्द्र राम र उत्तरप्रदेशका ३१ वर्षीय मुनेको दुर्घटनामा मृत्यु भएको छ।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गएराति पुलबाट तल राप्ती नदीमा खस्दा १२ जनाकाे मृत्यु भएकाे छ भने २३ जना घाइते भएका छन् ।



कागजपत्र |
