
‘नक्कली’ छोरीलाई नागरिकता दिलाउन सक्कली कागजात ?
वीरगञ्ज- वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले ‘नक्कली छोरी’ लाई नागरिकता दिलाएको विषय सतहमा आएको छ ।
रुबिना श्रेष्ठ भन्ने युवतीलाई मेयर सिंहले नागरिकता दिलाएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरीका परेको थियो । सोही उजुरीका आधारमा छानबिन गर्दा बाहिरिएका सबै कागजात आरोप पुष्टि हुने र कुनै पनि कागजात नक्कली नभएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए ।
‘जाहेरी परिसकेपछि अहिले जिल्ला प्रशासन कार्यालयमा अभिलेख कागजातको खोजी कार्य तथा सूचना संकलनमा लागीसकेका छौं,’ उनले भने, ‘छोरी रुवीना श्रेष्ठ र बुवा राजेशमान सिंह भन्ने नागरिकता अहिले मिडियामा आइरहेका सबै अभिलेख यहाँ कार्यालयको ढट्टामा भेटिएको छ।
उजुरीका आधारमा अहिले जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता दिने समय चाहिने पुरक कागजातको खोजी सुरु भएको छ। ती कागजातहरू फेला पर्नासाथ नागरिकताको वास्वविकता पत्ता लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बताए।
रुविना श्रेष्ठले विवादित नागरिकताका आधारमा स्थानीय प्रशासनबाट २०७९ साउन २४ गते राहदानी निकाल्न सफल भएको देखिएको उजुरीमा उल्लेख छ ।



कागजपत्र |
