राष्ट्रिय सभा निर्वाचनको टिकट वितरण न्यायोचित भएनः डा. कोइराला


काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय सभा निर्वाचनको टिकट वितरण न्यायोचित नभएको बताएका छन् ।

सोमबार साँझ सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले सीमित सिटका कारण निष्ठावान्, निःस्वार्थ, योग्य र सक्षम आकांक्षी नेताहरूलाई न्याय गर्न चाहेर पनि सम्भव नभएको बताएका हुन् ।

उनले लेखेका छन्,‘तर, पनि पार्टीमा अवसरको समान वितरण र सबै पक्षको हित स्थापित होस् भन्नेमा हामी निकै चनाखो थियौँ । यति हुँदाहुँदै हामी कति सफल या असफल भयौँ, पार्टीको वर्तमान ढाँचा, सोच र निर्णय प्रक्रियालाई प्रभावित गर्ने शक्ति के कस्ता छन् भनेर साथीहरूले मनन गर्नुभएको र गर्नुहुने छ भन्ने विश्वास लिएको छु ।’

नेता कोइरालाले टिकट वितरणमा आफूले कुनै गल्ती–कमजोरी गरेको भए त्यसलाई स्विकार्दै अगाडि बढ्ने उल्लेख गरेका छन् ।


 

प्रतिक्रिया