
कोशी प्रदेशबाट चम्पा कार्कीले दर्ता गराइन् उम्मेदवारी
काठमाडौँ – नेकपा माओवादी केन्द्रकी नेतृ चम्पा कार्कीले पनि कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।
सोमबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा कार्कीले उम्मेदवारी दर्ता गराएकी हुन् ।
कार्कीलाई माओवादी केन्द्रले आइतबार राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार छनोट गरेको थियो ।



कागजपत्र |
