नेकपा एसले पनि टुङ्ग्यायो राष्ट्रियसभा उम्मेदवार


काठमाडौं – नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारकाे टुंगाे लगाएकाे छ । सत्ता गठबन्धनमा भएकाे सहमतिअनुसार एसले दुई सिटमा भाग पाएकाे छ ।

आफूले पाएकाे दुई सिटमध्ये एसले बागमतीको दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णालीको महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ ।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज मनाेनयन दर्ता हुँदैछ ।

 

प्रतिक्रिया