बंगलादेशमा पुनः शेख हसिना विजयी


ढाका – बङ्गलादेशमा भएको आमचुनावमा प्रधानमन्त्री शेख हसिना विजयी भएकी छिन् । विवादास्पद चुनावमा उनले लगातार चौथो कार्यकालका लागि जितेकी हुन् ।

तीन सय सिटका लागि भएको चुनावमा कम्तीमा एक सय ५२ सिट जितेपछि उनले अब फेरि पाँच वर्षका लागि कार्यभार समाल्ने छिन् ।

हिजो प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले चुनाव बहिस्कार गरेपछि अब प्रधानमन्त्री हसिनाको पार्टी र सहयात्रीहरूले बाँकी सिटहरू पनि जित्ने अपेक्षा गरिएको छ ।

आधिकारिक नतिजा भने आज बेलुकासम्म आउने आकलन गरिएको छ ।

प्रतिक्रिया