

राष्ट्रिय सभा निर्वाचनका लागि राप्रपाले टुंग्यायो ९ उम्मेदवार

काठमाडौं- राष्ट्रिय सभा निर्वाचनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ९ जना उम्मेदवार टुंग्याएको छ।
आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले ९ जना उम्मेदवार टुंगो लगाएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
कोशी प्रदेशमा उद्धव पौडेललाई राप्रपाले उम्मेदवार बनाउने भएको छ। यस्तै बागमती प्रदेशमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट र पूर्णबहादुर विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय भएको श्रेष्ठले बताए।
त्यस्तै गण्डकीमा गौमाया श्रेष्ठ, रोमबहादुर भण्डारी, लुम्बिनीमा निरञ्जन थापा, विजयलक्ष्मी सिंह उम्मेदवार बन्ने भएका छन् ।
मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने राप्रपाले उमेदवार टुंगो लगाइसकेको छैन ।

