
मजदुरी गर्न भारत गएका एक नेपालीको मृत्यु
सिरहा- मजदुरी गर्न भारत गएका एक नेपालीको मृत्यु भएको छ । पञ्जाबस्थित सेलर मिलमा काम गरिरहेका बडियारपट्टी गाउँपालिका–३ नवटोलीका पन्चा कामतको मृत्यु हो ।
बिहीबार साँझसम्म घर परिवारसँग कुराकानी गरेका कामतको मृत्युबारे थप विवरण खुलेको छैन ।
आर्थिक अभावका कारण भारतबाट शव ल्याउन नकस्दा उनको परिवारमा पीडा थपिएको छ ।



कागजपत्र |
