राष्ट्रियसभाको सीट भागबन्डामा असन्तुष्ट नेपालले बोलाए पार्टीको बैठक


काठमाडौं – राष्ट्रियसभाको सीट भागबन्डामा असन्तुष्टि जनाएको नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ ।

पार्टी मुख्यालय आलोकनगरमा केही बेरमा बैठक बस्ने प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

राष्ट्रियसभाको १९ सीटमा कांग्रेसलाई १०, माओवादीलाई ६, नेकपा एसलाई २ र जसपालाई १ सीट दिने सहमति बनेको

छ । तर, उपाध्यक्ष राजेन्द्र पाण्डेले त्यो गठबन्धनले भाग लगाइदिएको भएपनि आफूहरूको सहमति नरहेको बताए ।

प्रतिक्रिया