नेकपा एसमा राष्ट्रियसभा उम्मेदवार छान्ने जिम्मा ३ नेतालाई


काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सकिएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी सचिवालय बैठकले तीन जना नेतालाई राष्ट्रियसभा उम्मेदवार छान्ने जिम्मा दिएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे र पार्टी महासचिव घनश्याम भुसाललाई जिम्मेवारी दिइएको हो ।

उनले भने, ‘राष्ट्रियसभा निर्वाचनका लागि हाम्रो पार्टीले कति सिट संख्या प्राप्त गर्नेछ, कुन प्रदेशमा प्राप्त गर्नेछ र कुन क्लस्टरमा प्राप्त गर्नेछ भन्ने सम्पूर्ण कुराको निर्णय गर्ने सर्वाधिकारसहित सचिवालयले तीन नेतालाई जिम्मा दिएको छ ।’

 

प्रतिक्रिया