सर्लाहीमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु, अस्पतालको स्तरोन्नतिबारे भएको थियो विवाद


जनकपुरधाम- सर्लाहीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर बरहथवा नगरपालिका-५ का जयशंकर शाहको मृत्यु भएको बताइएको छ ।

बरहथवा नगरपालिकामा अस्पतालको स्तरोन्नतिका बारेमा विवाद चर्केपछि अवस्था तनावपूर्ण भएको थियो । नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालविरुद्ध आन्दोलनरत समूह तोडफोड र आगजनीमा उत्रिएपछि प्रहरीले गोली चलाएको थियो ।

अहिले त्यहाँको अवस्था नियन्त्रणमा लिने प्रयास भइरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए ।

 

प्रतिक्रिया