

ओली भेट्न बालकोट पुगे रास्वपा अध्यक्ष रवि लामिछाने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
अध्यक्ष ओली र सभापति लामिछानेबीच ओलीनिवास बालकोटमा शुक्रबार मध्याह्न भेटवार्ता भएको हो।
उनीहरूबीच भेटवार्ताको विषय भने खुलेको छैन, कुराकानी जारी नै रहेको जनाइएको छ ।
रास्वपा सभापति लामिछानेले यसअघि पनि अध्यक्ष ओलीसँग भेट्न समय माग गरेका थिए।
ओली एमालेको मध्यपहाडी यात्रामा भएका कारण भेट भएको थिएन ।

