राष्ट्रपति पौडेल तनहुँमा


दमौली (तनहुँ)-राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ पुगेका छन् ।

भानु नगरपालिका-७ स्थित पुर्कोट माध्यमिक विद्यालयको शत वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् ।

राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले स्वागत गरे ।

राष्ट्रपति पौडेल यसअघि गत असोज ६ गते पनि दमौली सभाहल उद्घाटनका लागि त्यहाँ पुगेका हुन् ।

प्रतिक्रिया