

पशुपतिमा जयशंकर, राेपे रूद्राक्षको विरूवा

काठमाडौं – भारतीय विदेशमन्त्री एस जयशंकरले आज भगवान् पशुपतिनाथको दर्शन गरेका छन् ।
उक्त अवसरमा उनले पशुपतिनाथ परिसरमा वृक्षारोपण समेत गरे ।
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन बिहीबार नेपाल आएका उनी बैठकमा सहभागी हुनुका साथै उच्च राजनीतिक व्यक्तित्वहरूसँग पनि भेट गरेका थिए ।
जयशंकर आज स्वदेश फर्किँदै छन् । उनी मध्याह्न साढे १२ बजे भारत फर्कने कार्यक्रम छ ।

