नेपाल एयरलाइन्सका पाइलटको शैक्षिक प्रमाणपत्र नक्कली !


काठमाडौं– नेपाल एयरलाइन्सका पाइलट सम्राटबहादुर शाहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

२०७१ सालमा जुनियर क्याप्टेनमा नियुक्त भई आठौँ तहको विमान चालक क्याप्टेनमा बढुवा भएका शाहको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो ।

शाहले भारतको उत्तर प्रदेशको भीएसजे इन्टरकलेज सरहरी गोरखपुरबाट प्रथम श्रेणीमा आईए पास गरेको भनेर बुझाएका कागजात नक्कली भएको पाइएको अख्तियारले जनाएको छ ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरि विमान चालकको बनेर लाभ लिएर भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया