दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ पर्न सक्ने


नयाँ दिल्ली- दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ पर्न सक्ने बताइएकाे छ  । दिल्लीस्थित मुख्यमन्त्रीको निवासलाई  सुरक्षाकर्मीले घेराबन्दी गरेकाले उनको गिरफ्तारी हुनसक्ने अनुमान गरिएको हाे ।

दिल्ली सरकारका मन्त्रीहरू आतिशी र सौरभ भारद्वाजले चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री केजरीवाललाई पक्राउ गर्ने सूचना आफुहरुले पाएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

दिल्ली रक्सी नीति मुद्दामा भारतको इन्फोर्समेन्ट डिरेक्टोरेट ( ईडी) ले मुख्यमन्त्री केजरीवाललाई तेस्रो पटक समन पठाएर सोधपुछको लागि बोलाएपनि उनी इडी समक्ष उपस्थित भएका छैनन् । उनको तर्फबाट ईडीलाई आफु अन्य काममा व्यस्त भएको जानकारी गराइएको थियो । साथै केजरीवलले आफुलाई लिखित रुपमा सोध्न आग्रह गर्दै लिखित जवाफ पठाउन तयार रहेको बताएका थिए ।

केजरीवालले इडीका समनलाई गैरकानूनी र राजनीतिक रूपमा प्रेरित भन्दै आएका छन् । कानून विज्ञहरूका अनुसार ईडीले केजरीवाललाई गैर-हाजिरीको लागि जमानत योग्य वारेन्ट जारी गर्न सक्ने बताएका छन् ।

गत अप्रिलमा सीबीआईले यसै प्रकरणमा केजरीवालसँग साढे ९ घण्टा सोधपुछ गरेको थियो ।

 

प्रतिक्रिया