दाङमा ट्रयाक्टर दुर्घटना, २८ जना घाइते


दाङ – दाङमा ट्रयाक्टर दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । वनबाट पात टिपेर फर्किंदै गर्दा लु२त ५१६४ नम्बरको ट्रयाक्टर हुँदा घाइते भएका हुन् ।

बुधबार साँझ ५:१५ बजेतिर नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २८ जना घाइते भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिए।

घाइते हुनेहरु सबै गढवा गाउँपालिका–४ पर्साका रहेको प्रहरीले बताएको छ। घातेको लमही अस्पतालमा उपचार भइरहेको छ।

गाडी चालक गढवा गाउँपालिका–४ पर्सा बस्ने करिब ३४ वर्षीय आशालाम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया