
कोशीलाई ११ रनले हराउँदै एपिएफले जित्यो प्रधानमन्त्री कपको उपाधि
काठमाडौं- प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । एपीएफ क्लबले बुधबार खेलिएको फाइनल खेलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै उपाधि चुमेको हो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको एपीएफ क्लबले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १४ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले निर्धारित ओभरमा चार विकेट गुमाएर एकसय तीन रनमात्र बनाउन सक्यो ।



कागजपत्र |
