सर्वोच्चको मुख्य रजिष्ट्रारमा ढकाल, रजिष्ट्रारमा पौडेल


काठमाडौँ – न्याय सेवा आयोगले न्यायपरिषद्का सचिव देवेन्द्रराज ढकाललाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा गरेको छ ।

बुधबार बसेको आयोगको बैठकले उनलाई मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको हो ।

न्याय सेवा आयोगले सर्वोच्च अदालतका सहरजिष्ट्रार विमल पौडेललाई रजिष्ट्रारमा बढुवा गरेको छ ।

प्रतिक्रिया