भारतको असममा बस दुर्घटना, १२ जनाको मृत्यु


एजेन्सी:  भारतको असमस्थित डेरगाउँ क्षेत्र नजिक बस र ट्रक ठक्किएका छन् ।

आज बिहान भएको उक्त सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । २५ जनाभन्दा बढी घाइते भएको गोलाघाटका एसपी राजेन सिंहले जानकारी दिए । उनका अनुसार अहिले घाइतेहरूको उपचार भइरहेको छ ।

दुर्घटना गोलाघाटको डेरगाउँ नजिकै बलिजान क्षेत्रमा बिहान ५ बजे भएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार सो बसमा ४५ जना सवार थिए ।

 

प्रतिक्रिया