

सेती नदीमा मृत भेटिए अहेब

बझाङ: बझाङकाे सेती नदीमा एक जनाको शव फेला परेको छ । जिल्लाको केदारस्युँ गाउँपालिका–१ गर्जेपानीस्थित सेती नदीमा शव फेला परेको हो ।
क्त शव केदारस्युँ गाउँपालिका–१ रायलका ४३ वर्षीय महेन्द्र मल्लको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मल्ल सोमबार रातिदेखि सम्पर्कविहीन भएपछि प्रहरीलाई खबर गरिएको थियो । उनी केदारस्युँ गाउँपालिका(९, झोता स्वास्थ्य चौकीमा अहेब पदमा कार्यरत थिए ।
मंगलबार बेलुका सेतीमा माछा मार्ने व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृत्युको कारण खुल्न सकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

