
२०२३ मा नेपाल आए १० लाख पर्यटक
काठमाडाैं- सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा भएको छ । १ जनवरीदेखि डिसेम्बर २७ सम्म १० लाख एक हजार आठ सय ४४ विदेशी पर्यटक भित्रिएको तथ्याङ्क छ ।
चालु आर्थिक वर्षको बजेटमा सन् २०२३ मा नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या १० लाख पुर्याउने घोषणा गरेको थियो । सन् २०२२ मा केवल छ लाख १४ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
विभागका अनुसार सन् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्मको अवधिमा विश्वका २१९ देश तथा क्षेत्रबाट उनीहरू नेपाल घुम्न आएका हुन् ।
नेपाल घुम्न आउने पर्यटकमा पाँच लाख ६६ हजार ६३२ जना पुरुष र चार लाख ४७ हजार ८४६ जना महिला छन् । अन्य ४०४ जनाको पहिचान खुलेको छैन ।
नेपाल आउने पर्यटकमा सबैभन्दा ठूलो संख्या भारतीयको छ । उक्त अवधिमा भारतबाट तीन लाख १९ हजार ९३६ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल घुम्न आएको विभागको तथ्यांकले देखाउँछ ।
भारतपछि नेपाल घुम्न आउनेमा ठूलो संख्या अमेरिका, चीन, बेलायत र अष्ट्रेलियाका पर्यटकको छ ।



कागजपत्र |
