
बालकुमारी घटनामा दोषी देखिएका सबैलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ
काठमाडौं- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा दोषी देखिएका जोसुकै भए पनि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
सोमबार राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा उपप्रधानमन्त्री श्रेष्ठले प्रारम्भिक रुपमा कमजोरी देखिएकाहरुलाई निलम्बन गरेको बताए । उनले घटना छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेको र त्यसले छानबिनका क्रममा जो जो दोषी देखिन्छन् उनीहरू सबैलाई कारबाही हुने बताए ।
‘सरकारले छानबिन आयोग गठन गरिसकेको छ । छानबिनको दायरामा जो जो दोषी देखिन्छन् कानूनको दायरमा ल्याएर कारबाही हुन्छ । यो कुराको म दृढतापूर्वक प्रतिबद्धता गर्छु ‘ उनले भने ।



कागजपत्र |
