माइतीघरकाे निषेधाज्ञा तत्काल हटाउन गगन थापाकाे आग्रह


काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माइतीघरको निषेधित क्षेत्र तत्काल हटाउन माग गरेका छन् ।

सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको  बैठकमा महामन्त्री थापाले माइतीघर  मानिसहरुले आफ्नो कुरा राख्ने, सरकार र संसदलाई सुनाउने ठाउँ भएको बताए ।

‘आज धोती जुलुस भयो, पोल्टिकल स्टेटमेन्ट हो । उहाँहरूले सरकारले सुन्छ भनेर माइतीघरमा देखाउन खोज्नुभएको हो । हिजो हामीले त्यही गरेको हो । तर अहिले माइतीघरलाई निषेधित क्षेत्र बनाइसकेपछि बल प्रयोग गर्नुपरेको छ ।  माइतीघरमा निषेधाज्ञाकाे औचित्य छैन, तत्काल खारेज गर्न अनुरोध गर्छु ’ उनले भने ।

सोमबार धोती जुलुस निकाल्दा जनमत पार्टीका अध्यक्ष सीके राउत, सामान्य प्रशासन मन्त्री अनिता देवी लगायत  पक्राउ परेका थिए ।

प्रतिक्रिया