

मन्त्रीको लापरबाहीले दुई जनाको ज्यान गयो : गगन थापा

काठमाडौं— सत्तारुढ दल कांग्रेसका महामन्त्री गगन थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीले ललितपुरको बालकुमारी दुईजना युवाको मृत्यु भएको बताएका छन् ।
सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले मन्त्रीले उक्त घटनाका बेला चरम लापरबाही गरेको बताए ।
‘त्यो जबरजस्ती गर्ने काम भएको छ मन्त्रीबाट’ उनले भने, ‘मन्त्रीकै लापरबाहीकै कारणले ठूलो दुर्घटना भयो । दुई जना ज्यान गयो ।’ उनले लापरबाही गर्ने मन्त्रीलाई कारबाही हुनुपर्ने बताए।
शुक्रबार भएको घटनामा दुई सुजन राउत र वीरेन्द्र शाहको ज्यान गएको थियो ।

