सेना दिवस विषेश : सेनाले दैलेखमा म्याराथन दौड आयोजना


काठमाडौं – सेना दिवसको अवसरमा नेपाली सेनाको ४ नम्बर बाहिनी अन्तर्गत दैलेखमा तैनाथ ईन्द्रदल गुल्मको आयोजनामा म्याराथन दौड सञ्चालन हुने भएको छ ।

यही फागुन २४ गते दैलेखको काँडाचौर (नारायण नगरपालिका वडा नम्बर ६) देखि ऐतिहासिक कोतगढीसम्म २१ किमि खुल्ला हाफ म्याराथन तथा दैलेखस्थित सरकारी कार्यालयका राष्ट्रसेवक कर्मचारी तथा दैलेख जिल्लावासी हरुलाई मात्र समावेश गराई जिल्लागत ५ किमि दौड प्रतियोगिता समेत संचालन हुन गइरहेको सेनाले जनाएको छ ।

दैलेख जिल्लाको ऐतिहासिक पक्षलाई उजागर गर्न, खेलकुद तथा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन, खेलकुदमा महिला सहभागितालाई प्रोत्साहन गर्न तथा सैनिक नागरिक सम्बन्ध थप विस्तारको उद्देश्य सहित दौड प्रतियोगिता संचालन गर्न लागिएको सेनाले जनाएको छ ।

प्रतिक्रिया