प्रो क्लब च्याम्पियनशिप क्रिकेटको उपाधि पुलिसलाई


काठमाडौं- वीरगञ्जमा सम्पन्न नेपाल प्रो क्लब च्याम्पियनशिप टी–२० क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा पुलिसले पर्सा–११ लाई १०० रनले परजित गर्दै उपाधि जितेको हो ।

पुलिसले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा पर्सा ११ ओभरमा केवल ४५ रन बनाएर अल आउट भएको थियो ।

यस खेलमा पर्साका नियमित कप्तान सन्दीप लामिछाने खेलेका थिएनन् । बलात्कार आरोपमा दोषी पाइएपछि उनी टिममा समावेश भएका थिएनन् ।

प्रतियोगितामा नेपाल आर्मी क्लब तेस्रो भएको छ । तेस्रो स्थानका लागि भएको भिडन्तमा भारतको वन्डर्स क्लब नोइडालाई ६ विकेटले हराउँदै आर्मी तेस्रो भएको हो ।

प्रतिक्रिया