बसको ठक्करबाट फुटपाथ व्यवसायीको मृत्यु


पोखरा – ब्रेक फेल भएको बसले ठक्कर दिँदा पोखरा–२७ डाँडामा एक फुटपाथ व्यवसायीको मृत्यु भएको छ ।

बागलुङबाट भैरहवा जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बसको ठक्करले भारतीय नागरिक ३० वर्षीया इश्रावती कुमारीको निधन भएको हो ।

लेखनाथ महोत्सवस्थलको गेटअघि फुटपाथमा गमला बिक्री गर्न बसिरहेको अवस्थामा उनलाई बसले ठक्कर दिएको थियो ।

दुर्घटनापछि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

ब्रेक फेल भएको बस सडक किनाराको माटोको ढिस्कोमा ठोक्किन पुगेको थियो । बसमा सवार दुई यात्रु समेत घाइते भएका छन् ।

घाइते हुनेमा तनहुँको म्याग्दे गाउँपालिका–८ का ३६ वर्षीय रामजी गन्धर्व र पर्साको दीप नगरपालिका–१ कि ४६ वर्षीया चिजमाया गन्धर्व रहको छन् । उनीहरुको लेखनाथ सिटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया