
सन्दीप लामिछानेको पर्सा ११ प्रो क्लब च्याम्पियनसिपको फाइनलमा
काठमाडाैं- सन्दीप लामिछाने नेतृत्वको पर्सा इलाभेन दोस्रो संस्करणको प्रो क्लब च्याम्पियनसिप टी–२० प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा विभागीय क्लब नेपाल आर्मीलाई ३१ रनले स्तब्ध पार्दै पर्सा इलाभेन फाइनलमा प्रवेश गरेको हो ।
पर्सा ११ ले पहिला ब्याटिङ गर्दै २ बल बाँकी छँदै सवै विकेट गुमाएर ९९ रन बनाएको थियो । जवाफमा आर्मीको टिम १६.२ ओभरमा सवै विकेट गुमाएर ६८ रनमा समेटियो ।
आर्मीका सोमपाल कामीले सर्वाधिक ४ विकेट लिँदा कुशल मल्लले ३ विकेट लिए । सहाव आलमले २ तथा विवेक यादवले १ विकेट लिए ।



कागजपत्र |
