बुहारी ग्रुपद्वारा क्यान्सर पीडित बालिकाको उपचारका लागि ८५ हजार सहयोग


काठमाडाैं- विभिन्न परोपकारी काम गर्दै आइरहेको बुहारी ग्रुपले क्यान्सर पीडित बालिकालाई सहयोग गरेको छ । गोरखा घर भएकी दीपा आलेकी ५ वर्षीया छोरीको उपचारका लागि बुहारी ग्रुपले ८५ हजार ५५५ सहयोग गरेको हो ।

आर्थिक अभावका कारण उनकी छोरीको उपचार हुन नकसेको बेला बुहारी ग्रुपका ३ सय सदस्यले ३ दिनमा रकम संकलन गरेका थिए । उनकी छोरी बोन म्यारोको क्यान्सरबाट पीडित रहेको बताइएको छ ।

उक्त खबर पाएपछि बुहारी ग्रुपले आर्थिक सहयोग संकलनको अभियान चलाएको थियो ।

यसअघि पनि ग्रुपले थुप्रै रकम संकलन गरि विभिन्न समस्या भएकाहरुलाई १० लाख सहयोग गरिसकेकाे छ ।

प्रतिक्रिया