
उपरथी थापा रथीमा बढुवा सिफारिस
काठमाडौँ – नेपाली सेनाको रिक्त रथी पदमा बढुवाका लागि उपरथी निर्मलकुमार थापा सिफारिस भएका छन् ।
बढुवा समितिको बैठकले थापाको नाम सिफारिस गर्दै ७ दिने सूचना निकालेको छ। थापा ज्येष्ठ उपरथी थिए ।
सीताराम खड्काले अनिवार्य अवकाश पाएपछि सेनामा रथीको एउटा दरबन्दी रिक्त बनेको थियो ।
नेपाली सेनामा रथीको दुईवटा दरबन्दी रहेकामा अशोकराज सिग्देल यसअघि नै बढुवा भइसकेका थिए ।



कागजपत्र |
