

हेटौंडा मानव सेवा आश्रममा २ जनाको मृत्यु

हेटौंडा – मकवानपुरको हेटौंडा-९ लामसुरेधापस्थित मानव सेवा आश्रममा बस्दै आएका दुईजनाको मृत्यु भएको छ ।
विंस २०७६ मा बागलुङको सडक पेटीमा भेटिएकी युवतीलाई उद्धार गरी ल्याएर आश्रममा बस्दै आएकी अन्दाजी १९ वर्षकी पूजा मानव र गत असार २७ गते मकवानपुरको बकैया-३ हात्तिसुँडेस्थित बाटोबाट बेवारिसे अवस्थामा उद्धार गरी ल्याइएका २५ वर्षीय अमित विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूजाको गत मंगलबार र अमितको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । उद्धार गरी ल्याउँदा नै उनीहरूको स्वास्थ्य अवस्था कमजोर रहेको प्रहरीको भनाइ छ ।

