सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक बस्दै


काठमाडौँ – मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा बस्ने छ ।

आजको बैठकले मन्त्रालयका नियमित प्रस्तावहरूसँगै समसामयिक विषयमा छलफल तथा निर्णय गर्न सक्ने जनाइएको छ ।

स्रोतका अनुसार आजको बैठकले केही महत्त्वपूर्ण मन्त्रालयका सचिवहरूको सरुवा गर्न सक्नेसमेत बुझिएको छ ।

प्रतिक्रिया