

सन्दीप लामिछानेविरूद्धको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा

काठमाडाैं – क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको आरोपसम्बन्धी मुद्दा बुधवार पनि ‘हेर्दाहेर्दै’मा परेको छ ।
जिल्ला अदालत, काठमाडौंमा अन्तिम सुनुवाइ चलिरहेको यो मुद्दा बुधवार पनि सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राख्ने आदेश आएको अदालत स्रोतले जनाएको छ ।
यो मुद्दा आइतवार न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेशी तोकिएको हो । अब बाँकी बहस उनैको इजलासमा बिहीवार निरन्तर हुनेछ ।
सोमवार र मंगलबार सार्वजनिक बिदा परेकाले आइतवारपछि बुधवार बहस भएको थियो । यो मुद्दा आइवार पनि हेर्दाहेर्दैमा राखिएको थियो ।

