राष्ट्रपति पाैडेल बाग्लुङ आउँदै


बागलुङ- राष्ट्रपति रामचन्द्र पौडेलबाट आज बाग्लुङ आउने भएका छन् । सातौं बागलुङ महोत्सवको उद्घाटनका लागि राष्ट्रपति पौडेल बागलुङ आउने भएका हुन् ।

बजारका विभिन्न स्थानमा स्वागत गेट निर्माण गरिएको छ भने तोरण टाँगेर बजारलाई शृंगारिएको छ। महोत्सवको सबै तयारी पूरा भएको छ। बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले भने, ‘राष्ट्रपतिलाई स्वागत गर्न बजारबासी आतुर छौं । महोत्सवको उद्घाटन गर्न राष्ट्रपति आउने भएपछि बागलुङबासी उत्साहित भएका छन् ।’

राष्ट्रपति पौडेलले बुधवार बिहान १० बजे बागलुङ आइपुग्ने संघका अध्यक्ष कँडेलले जानकारी दिए। उनका अनुसार राष्ट्रपति पौडेलले बागलुङको प्रसिद्ध ऐतिहासिक शक्तिपीठ बागलुङ कालिका मन्दिर र बागलुङ नगरपालिका –४ कुँडुलेमा रहेको शालिग्राम संग्रहालयको दर्शन तथा अवलोकन गर्ने कार्यक्रम रहेको छ।

मन्दिर दर्शनपश्चात दिउँसो १ बजे धौलागिरी बहुमुखी क्याम्पसको मैदानमा राष्ट्रपति पौडेलले महोत्सवको उदघाटन गर्नेछन्।

 

प्रतिक्रिया