

‘रोज राणा’को विशेषता, जहाँ छोयो त्यहीँ सफलता

सरोज थापा अर्थात् रोज राणा । नेपाली कांग्रेसलाई ३१ वर्षपछि प्यूठानमा जित दिलाउन सफल राजनीतिकर्मी । नेपाली युवाहरुको ढुकढुकी, ‘जे छोयो त्यसैमा सफलता’ हात पार्नसक्ने खुबीका हक्की युवा ।
१५ वर्षको उमेरमै क्रियाशील सदस्यता लिँदै २०५४ सालदेखि राजनीतिमा प्रवेश गरेका थापा नेपाल विद्यार्थी संघको जिल्ला उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय सदस्य हुँदै माउपार्टी नेपाली कांग्रेसको २ पटकसम्म प्रदेश क्षेत्रीय सभापतिसम्म बने ।
३१ वर्षदेखि प्यूठानमा ‘हार्न’ मात्र बानी परेको नेपाली कांग्रेसलाई २०७९ को निर्वाचनमा जित दिलाएर साख फर्काउन सफल सरोज थापा यसैबीचमा अपनाएको वैकल्पिक व्यावसाय नेपाली चलचित्र क्षेत्रमा भने ‘रोज राणा’का रुपमा चिनिए ।
तत्कालिन सशस्त्र युद्धका बेला ज्यान जोगाउनकै लागि गृहजिल्ला प्युठान छाड्न विवश थापा राजधानी प्रवेश गरेसँगै नेपाली चलचित्र उद्योगमा लागे । नेपाली चलचित्र क्षेत्रमा दर्जनभन्दा बढी फिल्मको निर्माण तथा निर्देशन गरेका थापाका अधिकांश चलचित्र व्यावसायिक रुपमा सफल बने । उनीद्वारा दादागिरी’, ‘डन’, ‘खलनायक’, ‘दोस्ती’, ‘टक्कर दुई मुटुको’, ‘म छु नि तिम्रो’, ‘जय पर्शुराम’, ‘मेरो पैसा खोइ’ निर्मित सफल चलचित्र हुन् भने उनी ‘जय पर्शुराम’, ‘मेरो पैसा खोइको’ निर्देशक पनि हुन् । जसले नेपाली दर्शकमाझ र नेपाली सिनेमा उद्योगमा तत्कालिन समयमा प्रभुत्व नै जमायो । नेपाल चलचित्र निर्माता संघमा केन्द्रीय सदस्य, महासचिव हुँदै उपाध्यक्ष समेत बनेका राणाले नेपाली चलचित्रको विकासका लागि गरेका कतिपय कार्यहरुको अहिलेसम्म पनि चर्चा हुने गरेको छ ।
चलचित्र क्षेत्रसँगै जिल्लाको विकासका लागि लगातार आवाज उठाउँदै आएका थापा २०७४ सालको निर्वाचनमा पनि उम्मेदवार बन्ने अन्तिम चरणमा थिए । तर, त्यतिबेला टिकट नपाएपछि जिल्लाको विकासका साथै संगठन विस्तारका लागि आफू सर्वाधिक सफल रहेको चलचित्र क्षेत्रलाई विश्राम दिएर राजनीतिमा लागेका उनलाई पार्टीले २०७९ को निर्वाचनमा भने विश्वास गर्यो र त्यस विश्वासलाई शानदार मतान्तरसहित जित हात पार्दै सही सावि
जनतामाझ पुगेर प्रत्यक्ष निर्वाचित भएर नेपाली चलचित्र क्षेत्रबाट मन्त्री जस्तो गरिमामय पदमा पुग्ने पहिलो व्यक्ति समेत हुन् ।
प्युठान प्रदेश सभा क्षेत्र नं ‘ख’ का २२ हजार ५ सय १९ मतदाताको मन जित्न सफल थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र मानिएका पूर्वमन्त्री हरि रिजाललाई १ हजार ७ सय १२ मतान्तरले पराजित गर्दै प्युठानमा नेपाली कांग्रेसको झन्डा फहराउन सफल भए ।
लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका थापाले जनताले दिएको विश्वास र मुख्यमन्त्रीले दिएको जिम्मेवारीलाई शिरोधार्य गरेर अगाडि बढ्ने प्रण समेत गरेका छन् ।

