रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते


रोल्पा – रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा एकजना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ।

लु १ त ४९७० नम्बरको ट्रयाक्टर सोमबार राती दुर्घटना हुँदा सुनिलस्मृति गाउँपालिका– ७ तेवाङका २१ वर्षीय चालक तिलक विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक नारायण गुप्ताले जानकारी दिए।

दुर्घटनामा लुङग्री गाउँपालिका– ४ सानो नम्जाका ४२ वर्षीय लिलामणि विष्ट गम्भीर घाइते छन्। जिल्ला प्रहरी प्रवक्ता गुप्ताका अनुसार घाइते विष्टलाई थप उपचारका लागि बुटवल लगिएको छ।

प्रतिक्रिया