

जहाज ‘स्टार्ट’ भइसकेपछि खुल्याे इमर्जेन्सी ढोका

काठमाडौं – पोखराबाट काठमाडौं उड्न लागेको बुध्द एयरको जहाजको इमर्जेन्सी ढोका खुलेपछि उडान रोकिएको छ ।
आज बिहान ९ बजे पोखराबाट काठमाडौंका लागि उड्न लागेको जहाज ‘स्टार्ट’ भइसकेपछि इमर्जेन्सी ढोका खुलेको थियो । उडान नम्बर यूफोर६५२ कलसाइन रहेको उक्त जहाज पोखराबाट काठमाडौं उड्ने तयारीमा थियो ।
इमर्जेन्सी ढोका नजिकै बसेका यात्रुको खुट्टाले लागेर ढोका खुलेको बताइएको छ ।
ढोका के कारणले खुलेको हो भन्ने चेकजाँच गरेरमात्रै उडाइने भएको छ । काठमाडौंबाट इञ्जिनियर आएर चेकजाँच गरेपछिमात्रै उडाउने तयारी भएकाे पोखरा विमानस्थल स्रोतले बतायाे ।

