

थप ८ देशसँग श्रम सम्झौता गर्ने सरकारकाे तयारी

काठमाडौं – सरकारले थप ८ देशहरूसँग श्रम सम्झौताको तयारी थालेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न ८ देशहरूसँग श्रम सम्झौताको तयारी गरेको हो ।
सरकारले हालसम्म विभिन्न १२ देशसँग श्रम सम्झौता गरेको छ । सन् २०२४ भित्रमा थप ८ देशसँग श्रम सम्झौताको तयारी भइरहेको श्रम मन्त्रालयका सहसचिव राजिव पोखरेलले बताए ।
नेपालले सन् २०२४ मा कुबेत, ओमान, साउदी अरेबिया, पोर्चुगल, पोल्याण्ड, युक्रेन, माल्टा, टर्कीसँग श्रम सम्झौता गर्न लागेको हो ।
त्यसका लागि मन्त्रालयबाट सम्झौताको मस्यौदा तयार पारेर सम्बन्धित देशलाई पठाएको छ । ति देशहरूबाट मस्यौदाबारे धारणा आएपछि सम्झौताको प्रकृया अघि बढ्नेछ ।

