

२४.७५ करोडको कीर्तिमानी मूल्यमा कोलकातामा आबद्ध भए मिचेल स्टार्क

काठमाडौं – अष्ट्रेलियाका मिचेल स्टार्क इन्डियन प्रिमियर लिग(आइपीएल) क्रिकेट इतिहासका सबैभन्दा महँगा खेलाडी बनेका छन्।
अहिले भइरहेको अक्सनमा कोलकाता नाइट राइडर्सले २४ कराेड ७५ लाख भारतीय रुपैयाँमा आबद्ध गरेको हो।
एक घण्टाअघि मात्र सनराइजर्स हैदराबादले अस्ट्रेलियाकै प्याट कुमिन्सलाई साढे २० करोड भारुमा खरिद गरेपछि उनी सबैभन्दा महँगा खेलाडी बनेका थिए।
२ करोड भारु आधार मुल्यबाट स्टार्कमाथि अक्सन सुरु भएको थियो। गुजरात टाइटन्सले अन्तिम समयसम्म स्टार्कलाई भित्र्याउन प्रयास गरेको थियो।

