दुर्गा प्रसाईको मेडिकल कलेजलाई सम्बन्धन दिने प्रधानमन्त्रीको घोषणा


झापा — बीएण्डसी मेडिकल कलेजलाई सरकारले सम्बन्धन दिने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बी एण्ड सीलाई मेडिकल कलेजको सम्बन्धन दिने घोषणा गरेका छन् ।

प्रधानमन्त्री ओलीले उक्त अवसरमा भने, काठमाडौं विश्वविद्यालयलले बीएण्डसीलाई छिट्टै सम्बन्धन दिनेछ ।’ अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘दुर्गा प्रसाई हिम्मतिलो मान्छे हो, उहाँलाई मार्सी भनेर गाली गरे मानिसहरुले, उहाँले त्यसैलाई ब्रान्ड बनाइदिनुभयो ।’

प्रतिक्रिया