कोहलपुरमा टिपरको ठक्करबाट १३ जना घाइते


बाँके– बाँकेको कोहलपुर नगरपालिका–३ मैटहवा नजिक टिपरले भ्यानलाई ठक्कर दिँदा १३ जना घाइते भएका छन् ।

सोमबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कोहलपुरबाट बाँसगढीतर्फ जाँदै गरेको भे १ ज ७४७ नम्बरको भ्यानलाई पछाडिबाट टिपरले ठक्कर दिँदा घाइते भएका हुन् ।

उनीहरूमध्‍ये ७ जना सामान्य उपचार गरेर घर फर्किइसकेका छन् भने बाँकी ६ जनाको उपचार नेपालगञ्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

म्याजिक भ्यानलाई ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रतिक्रिया