मध्य र पश्चिम नेपाल जाँदै पूर्वराजा ज्ञानेन्द्र


काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह मध्य र पश्चिम नेपालको भ्रमणमा जाने भएका छन् ।

संवाद सचिवालयका अनुसार पूर्वराजा शाह पत्नी कोमल शाहका साथ पश्चिम नेपाल भ्रमणका लागि निस्कने भएका हुन् ।

उनले आगामी साता काठमाडौंबाट भैरहवा गएर मध्य र पश्चिम नेपालको भ्रमण सुरु गर्ने संवाद सचिव डा. फणिराज पाठकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया