

एनसेलविरुद्ध सांसद अमरेशको रिटमा आज पनि सुनुवाइ स्थगित

काठमाडौँ – सर्वोच्च अदालतमा एक सातादेखि पालो कुरिरहेका सांसद अमरेशकुमार सिंहका कानुन व्यवसायीले नै आज सुनुवाइ स्थगित गरेका छन्।
न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा परेको एनसेलविरुद्धको रिट निवेदन सुनुवाइ हुने क्रममा पुग्दा निवेदक पक्षका कानुन व्यवसायीले स्थगित गरेका हुन्।
न्यायाधीश माथेमाको इजलासमा आज १५ थान मुद्दा छन्। एनसेलविरुद्धको मुद्दा ७ नम्बरमा परेको थियो।

